दफा ६८
धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने
(१) बोर्डले अनुमतिपत्र प्राप्त सबै धितोपत्र व्यवसायीको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरु समेत खुलाई धितोपत्र व्यवसायीको अद्यावधिक अभिलेख राख्नु पर्नेछः– (क) धितोपत्र व्यवसायीको नाम र ठेगाना, (ख) धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएको मिति, (ग) धितोपत्र व्यवसायको किसिम, (घ) अनुमतिपत्रमा उल्लिखित शर्तहरु, (ङ) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना, (च) प्रबन्धक तथा अधिकृतहरुको नाम र ठेगाना, (छ) धितोपत्र व्यवसाय सम्बन्धी कागज तथा अभिलेख रहने ठाउँ, (ज) कम्पनी वा संस्थाको सञ्चालकको नाम, कम्पनी सचिवको नाम, प्रत्येक शेयरवालाको नाम र लिएको शेयर संख्या, (झ) बोर्डले आवश्यक र उचित देखेका अन्य विवरणहरु ।